Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि सार्वजनिक गरेको वैदेशिक मुद्राको विनिमय दरअनुसार येनको भाउमा सामान्य गिरावट देखिएको छ । राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार आज १० जापानी येनको बिक्री दर ९ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

आजका लागि जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४४ पैसा र बिक्री दर ९ रुपैयाँ ४८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको मूल्यमा केही पैसाको संकुचन आएको हो ।

येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउमा पनि आज सामान्य गिरावट देखिएको छ । १ अमेरिकी डलरको खरिद दर १५१.२४ रुपैयाँ र बिक्री दर १५१.८४ रुपैयाँ रहेको छ । आज युरोको बिक्री दर १७६ रुपैयाँ २४ पैसा र खरिद दर १७५.५४ रुपैयाँ कायम भएको छ । पाउन्डको बिक्री दर आज २०३ रुपैयाँ ८२ पैसा रहेको छ ।

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको विनिमय दर आज यस प्रकार छ:-

  • कुवेती दिनार: ४९४ रुपैयाँ ६७ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
  • कतारी रियाल: ४१ रुपैयाँ ६५ पैसा
  • युएई दिराम: ४१ रुपैयाँ ३४ पैसा
  • साउदी रियाल: ४० रुपैयाँ ४६ पैसा
  • मलेसियन रिंगिट: ३७ रुपैयाँ ४९ पैसा
  • बहराइन दिनार: ४०२ रुपैयाँ ७१ पैसा
  • ओमानी रियाल: ३९४ रुपैयाँ ४१ पैसा

यसैगरी, क्यानेडियन डलरको बिक्री दर १०८ रुपैयाँ ६२ पैसा, अस्ट्रेलियन डलर १०७ रुपैयाँ ३५ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ०२ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया