Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

मुम्बई – भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री एवं राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता अजित पवारको एक विमान दुर्घटनामा परी निधन भएको छ । भारतीय नागरिक उड्डयन नियामक निकाय (डीजीसीए) का अनुसार बुधबार बिहान मुम्बईबाट बारामतीका लागि उडेको चार्टर्ड विमान अवतरणका क्रममा धावनमार्गनजिकै दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा पवारसहित विमानमा सवार उनका दुई सहयोगी र चालकदलका दुई सदस्य गरी पाँच जनाको मृत्यु भएको छ । अवतरण गर्नुअघि विमानमा गम्भीर प्राविधिक समस्या र अस्थिरता देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दुर्घटनास्थलमा विमानको भग्नावशेषबाट धुवाँको मुस्लो निस्किएको देखिएको छ ।

पवार आसन्न स्थानीय निर्वाचनको चुनावी सभामा सहभागी हुन बारामती जाँदै गर्दा यो बज्रपात भएको हो । एनसीपीका संस्थापक शरद पवारका भतिजा अजितले केही समयअघि पार्टी विभाजन गरी भारतीय जनता पार्टीसँगको सत्ता समीकरणमा सामेल भएका थिए । निर्वाचन आयोगले उनकै नेतृत्वको समूहलाई आधिकारिक पार्टीको मान्यता दिएको थियो ।

पवारको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्दै उनलाई एक ‘कुशल प्रशासक र जनप्रिय नेता’का रूपमा स्मरण गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘महाराष्ट्रको सेवामा समर्पित एक कर्मठ व्यक्तित्वलाई हामीले गुमाएका छौँ ।’

गृहमन्त्री अमित शाह, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगे र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी लगायतका नेताहरूले पनि उनको निधनप्रति मर्माहत भएको जनाउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । 

तपाईको प्रतिक्रिया