Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ। मतदान बुधबार बिहान १० बजेदेखि सुरु भए पनि प्रक्रिया निकै सुस्त गतिमा अघि बढेको थियो।

पार्टी निकट निर्वाचन आयोगका अनुसार एक जना प्रतिनिधिले मतदान गर्न औसतमा ४० मिनेट समय लागेका कारण ढिलाइ भएको हो। आयोगले दिएको जानकारी अनुसार कुल २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मात्र मतदान गरेका छन्। ३६ जना प्रतिनिधि मतदानमा सहभागी भएनन्।

नेकपा एमालेको ११ औँ महाधिवेशन केही दिनदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ। नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ।

तपाईको प्रतिक्रिया