Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – विश्वका धनी व्यक्तिहरूको सूचीमा एलन मस्कले नयाँ कीर्तिमान बनाएका छन्। ब्लुमबर्ग बिलिनेयर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति ६३८ अर्ब अमेरिकी डलर पुगेको छ। यससँगै उनले ऐतिहासिक कीर्तिमान राख्न सफल भएका हुन्। पछिल्लो २४ घन्टामै मस्कको सम्पत्ति करिब १६७ अर्ब डलरले बढेको छ।

यससँगै उनी विश्वका दोस्रो धनी व्यक्ति ल्यारी पेजभन्दा करिब ३७३ अर्ब डलरले अगाडि पुगेका छन्। मस्कको सम्पत्ति तीव्र रूपमा बढ्नुको मुख्य कारण उनको रकेट निर्माण कम्पनी स्पेसएक्सको मूल्यमा आएको ठूलो उछाल हो। स्पेसएक्सको मूल्यवृद्धिले मस्कलाई अन्य अर्बपतिहरूभन्दा धेरै अगाडि पुर्‍याएको छ।

एलन मस्कको आम्दानी टेस्ला, स्पेसएक्स र एक्सएआईजस्ता कम्पनीहरूबाट आउने गर्छ। उनीसँग टेस्लाको करिब १३ प्रतिशत र स्पेसएक्सको करिब ४२ प्रतिशत स्वामित्व छ। मस्कले टेस्लाबाट तलब नलिई सेयरमा आधारित पारिश्रमिक लिने गरेका छन्।

तपाईको प्रतिक्रिया