Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको मौसम विज्ञान एजेन्सीले शुक्रबार उत्तर र उत्तर–पूर्वी जापानका तटीय क्षेत्रमा सुनामीको चेतावनी (एडभाइजरी) जारी गरेको छ । आओमोरी प्रिफेक्चर नजिकै प्रशान्त महासागरमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएलगत्तै एजेन्सीले यस्तो चेतावनी दिएको हो ।

जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उक्त भूकम्प स्थानीय समयअनुसार बिहान ११:४४ बजे आओमोरीको पूर्वी भागमा करिब २० किलोमिटर गहिराइमा गएको थियो । भूकम्पको धक्का लगत्तै एजेन्सीले होक्काइडोको प्रशान्त तटीय क्षेत्रका साथै आओमोरी, इवाते र मियागी प्रिफेक्चरहरूमा १ मिटरसम्मको सुनामी आउन सक्ने सम्भावना औँल्याएको छ ।

स्मरण रहोस्, गत सोमबार मात्रै आओमोरीको पूर्वी तटीय क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसको चार दिनपछि नै यो अर्को भूकम्प गएको हो । सोमबारको भूकम्पपछि नै मौसम विज्ञान एजेन्सीले आगामी केही दिनभित्र सोही क्षेत्रमा उस्तै वा अझ ठूलो क्षमताको भूकम्प जान सक्ने भन्दै पूर्वसतर्कता अपनाउन आग्रह गरेको थियो ।

 

तपाईको प्रतिक्रिया