Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभाको निर्बाचनको लागि अब ८८ दिन बाँकी छ। चुनाव नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीलाई अझ तीव्र बनाएको छ। फागुन २१ गते हुने चुनावका लागि राजनीतिक दलहरूले पनि आन्तरिक तयारी बढाएका छन्। आयोगले आज आइतबारदेखि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका कार्यक्रम सञ्चालन गर्न लागेको छ। आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म राजनीतिक दलले समानुपातिक प्रणालीका लागि आवेदन दिन सक्नेछन्। दलहरूले दिएको आवेदनको सूची भने मङ्सिर २४ गते सार्वजनिक गरिनेछ।

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ। यसका अन्तिम सूची माघ ३० गते प्रकाशित हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। कुल २७५ सदस्यको प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन्।

प्रत्यक्षतर्फ, माघ ६ गते उम्मेदवार मनोनयन दर्ता हुनेछ। त्यही दिन मनोनयन सूची पनि सार्वजनिक हुनेछ। माघ ७ गते मनोनयनविरुद्ध उजुरी दिन सकिनेछ। माघ ८ गते उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। माघ ९ गतेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि अन्तिम नामावली सार्वजनिक गरी चुनाव चिन्ह वितरण गरिनेछ।

 

 

तपाईको प्रतिक्रिया