Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पशुपतिनाथ मन्दिर परिसरमा करिब १० वर्षअघि जडान गरिएको फलामे बार हटाइएको छ। पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीका अनुसार मन्दिरलाई व्यवस्थित बनाउन बार हटाइएको हो। कोषको निर्णयलाई धेरै भक्तजनले स्वागत गरेका छन्।

संस्कृतिविद् हरिप्रसाद सोडारीले पनि मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक कदम भएको बताए। उनका अनुसार मन्दिरभित्र अझै देखिने बत्ती बाल्न नपाइने, फूल–प्रसाद चढाउन नदिनेजस्ता गलत अभ्यास हटाउन पनि पहल गर्न आवश्यक छ।

विश्वसम्पदा क्षेत्रको पहिचान प्रभावित हुने भन्दै पुरातत्त्व विभागले बार हटाउन कोषलाई पत्राचार गरेको थियो। विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालका अनुसार पत्राचार गरेपछि कोषले बार हटाएको हो।

 

 

तपाईको प्रतिक्रिया