समाचार सुन्नुहोस :
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच हुनेछ। दोस्रो खेल दिउँसो ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुने छ।
पाँच खेलमा चार अंक मात्र पाएको पोखरालाई प्लेअफमा पुग्ने आशा कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ। काठमाडौंले भने छ खेलबाट आठ अंक जोडिसकेको छ।
पहिले नै प्लेअफ प्रवेश गरिसकेको सुदूरपश्चिम आज चितवनसँग भिड्नेछ। पाँच खेलबाट चार अंक पाएको चितवनलाई पनि प्लेअफमा पुग्न जित अपरिहार्य छ।








