समाचार सुन्नुहोस :
काठमाडौँ – बेलायतको पिटरबरोमा रेस्टुरेन्ट व्यवसाय चलाउँदै आएका नेपाली मूलका प्रमोद ढकाललाई दीर्घकालीन यौन अपराधका लागि २५ वर्ष जेल सजाय सुनाइएको छ। क्याम्ब्रिज क्राउन कोर्टले ४९ वर्षीय ढकाललाई सजायपछि ८ वर्ष कडा निगरानीमा राखिने आदेश पनि गरेको छ।
ढकाल ७ बालिका र एक महिलामाथि करिब १९ वर्षसम्म गरेका यौन दुर्व्यवहार तथा बलात्कारका घटनामा दोषी ठहरिएका हुन्। सबैभन्दा सानी पीडित ८ वर्षकी थिइन्। सात पीडित क्याम्ब्रिजसायरका र एक लन्डनकी रहेको अदालतले जनाएको छ।
सन् २०२३ नोभेम्बरमा एक पीडितले गोप्य रूपमा परिवारलाई घटना बताएपछि अनुसन्धान सुरु भयो र थप पीडितहरू सार्वजनिक भएपछि पुराना घटना पनि उजागर भए। ढकालमाथि करिब १७ वर्षमा घटेका २५ फरक यौन अपराधको आरोप लागेको थियो।
अदालतले ढकाल समाजका लागि खतरा भएको बताउँदै कडा सजाय अपरिहार्य रहेको उल्लेख गरेको छ।








