Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको उत्तर प्रदेशमा भएको बस आगलागीमा घाइते भएका दुई नेपालीको मृत्यु भएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीले स्थानीय प्रशासनले दिएको जानकारी उद्धृत गर्दै दुई नेपालीले ज्यान गुमाएको पुष्टि गरेका छन्।

सोमबार मध्यराति उत्तर प्रदेशको बलरामपुरमा दिल्लीतर्फ जाँदै गरेको यूपी२२एटी ०२४५ नम्बरको निजी बसमा भीषण आगलागी भएको थियो। सुनौली–दिल्ली रुटमा ओरालिएको उक्त बसमा ४५ जना यात्रु सवार थिए। बसका अधिकांश यात्रुको ठेगाना ‘बुटवल’ उल्लेख भएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार आगलागीमा घाइते भएकामध्ये करिब सात जना अहिले विभिन्न अस्पतालमा उपचाररत छन्। सामान्य अवस्थाका २० जना यात्रु फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया