समाचार सुन्नुहोस :
काठमाडौँ – गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। ना ४ ख १४१९ नम्बरको बस आँबुखैरेनी–गोरखा सडकखण्डको १२ किलो नजिक दुर्घटनाग्रस्त भएको हो।
प्रहरीका अनुसार रोकिएको बस अचानक गुड्दा दुर्घटना भएको बताइएको छ। बसमा २० जना यात्रु सवार थिए, जसमा केही घाइते भएका छन्।
घाइतेमध्ये केहीलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ भने केहीलाई थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।








