Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका सन्तोष परियार नेतृत्वका समूहबीच ( आज ) आइतबार एकता घोषणा हुँदैछ। उनीहरूले संयुक्त रूपमा नयाँ दल ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन गर्ने तयारी गरेका छन्।

राष्ट्रिय सभा गृहमा आइतबार बिहान ११ बजे एकता घोषणा गर्दै पार्टी दर्ता गरिएको जानकारी सार्वजनिक गर्ने योजना छ। नयाँ पार्टी चुनावका लागि पहिले नै दर्ता भइसकेको र नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ चुनाव चिन्ह नै रहने जनाएको छ। तर नयाँ पार्टीको झण्डा भने अझै तय भएको छैन।

महाधिवेशनसम्मका लागि विभिन्न समुदाय र क्षेत्र समेटिएको पाँच–छ सदस्यीय अध्यक्षमण्डल रहनेछ। घोषणाअघि तीनै समूहले आफ्ना–आफ्ना छलफल पूरा गरेका छन्। भट्टराई समूहले तीनकुनेमा, शर्मा समूहले त्रिपुरेश्वरमा र परियार समूहले छुट्टाछुट्टै बैठक सम्पन्न गरेका छन्।

 

तपाईको प्रतिक्रिया