Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भोटेकोसी पावर कम्पनी प्रालिले जेनजीसँग निःशुल्क सेयर वितरण गर्ने कुनै पनि सहमति नभएको स्पष्ट गरेको छ। कम्पनीले सिन्धुपाल्चोकका स्थानीयहरूको प्रतिनिधित्व गर्ने भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट लिमिटेडसँग यस्तो सहमति भएको भनी फैलिएका समाचार असत्य रहेको जनाएको हो।

बुधबार जारी विज्ञप्तिमा कम्पनीले भनिएको छ, “भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट लिमिटेड र भोटेकोसी पावर कम्पनीबीच निःशुल्क सेयर दिने कुनै पनि सम्झौता भएको छैन।” कम्पनीका अनुसार, जेनजी पब्लिक इन्भेस्टमेन्ट लिमिटेडले भोटेकोसी पावर कम्पनीका १० प्रतिशत सेयर खरिदका लागि आवेदन दिने तयारी गरिरहेको छ। यस अन्तर्गत जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उक्त पब्लिक कम्पनीमार्फत सेयरधनी बनाउने योजना छ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले १० प्रतिशत सेयर बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ। कम्पनीले स्पष्ट पारेको छ, “यसरी सेयर खरिद गर्ने व्यवस्था निःशुल्क सेयर वितरण होइन, त्यसैले यसबारे भ्रममा नपर्न अनुरोध गरिन्छ।” कम्पनीका अनुसार, सेयर खरिदका लागि आवश्यक रकम जेनजी पब्लिक इन्भेस्टमेन्ट लिमिटेडले बैंकबाट ऋणस्वरूप लिनेछ। उक्त ऋणको जमानीको व्यवस्था मात्र भोटेकोसी पावर कम्पनीले गर्नेछ।

भोटेकोसी पावर कम्पनीले आयोजना निर्माण सम्पन्न भइसकेकाले अब वितरण हुने वार्षिक लाभांशबाट सो पब्लिक कम्पनीले बैंक ऋण र ब्याज तिर्ने व्यवस्था गरिएको पनि जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया