Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई कडा सर्तसहित सुझाव दिएका छन्। सिंहदरबारमा बुधबार बोलाइएको प्रमुख राजनीतिक दलहरूको बैठकमा शाहीले संसद पुनःस्थापनाको अघि ‘जेन-जी आन्दोलनका माग’ पूरा गर्नुपर्ने अडान राखे।

उनका अनुसार देशमा बढ्दो राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मुख्य कारण संरचनागत समस्या हुन्। त्यसैले उनले सभामुख घिमिरेलाई “पहिले जनताको माग पूरा गर्ने सुनिश्चितता गरिएपछि मात्र संसद पुनःस्थापनाको कुरा अघि बढाउनुपर्छ” भन्ने सुझाव दिए।

सभामुख घिमिरेले ११ वटा राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएर संसद पुनःस्थापनाको आवश्यकता र प्रक्रियाबारे छलफल गरेका थिए। मंगलबार मात्र संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएपछि सभामुखले छलफल सुरू गरेका हुन्।

बैठकमा राप्रपाका तर्फबाट सहभागी शाहीले भने, “संसदलाई निरन्तरता दिने वा पुनःस्थापना गर्नेभन्दा देशलाई सही दिशातर्फ लैजान आधारभूत सुधार आवश्यक छ।”

तपाईको प्रतिक्रिया