Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत पुष्टि भएको समाचारप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले भनेका छन्, ‘विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो’,

प्रचण्डले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकग्रस्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले भनेका छन्, “मैले पनि आफन्त गुमाउने पीडा नजिकबाट बुझेको छु। यस्तो कठिन घडीमा धैर्य राख्दै अघि बढ्न सबैलाई अनुरोध गर्दछु।”

 

 

तपाईको प्रतिक्रिया