Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन्। बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका हुन्। बस्नेतले भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’

जेनजी आन्दोलनमा दमन गरेको भन्दै केही जेनजी अगुवाहरूले मंगलबार बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। उक्त उजुरी प्रहरीमार्फत गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको थियो। त्यसको भोलिपल्ट बस्नेतले यस्तो चुनौती दिएका हुन्।

बस्नेतले दलका नेतामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु गरिएको विषयमा पनि असन्तोष जनाए। उनले युवाहरूको बलमा सत्तामा पुगेकाहरूमाथि पनि समान रूपमा अनुसन्धान गर्नुपर्ने बताए। उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा मन्त्री कुलमान घिसिङको नामै लिएर उनीहरूबाटै अनुसन्धान सुरु गर्न सुझाव दिए। “हामी दूधले नुहाएको होइनौं, तर नचाहिँदो आरोप पनि सहिँदैन,” उनले भने, “यदि म भ्रष्टाचारी हो भने कारबाही गर, होइन भने निराधार आरोप नलगाऊ।”

 

तपाईको प्रतिक्रिया