Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – साहित्यकार छक्कू उदासीले आफ़्नो कृति बेचेर भएको आम्दानीबाट दिलशोभा श्रेष्ठले सञ्चालन गरेको ‘आमा घर’ लाई सहयोग गरेकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा जापानको टोकियोमा रहेकी उदासीले आफ्नो पहिलो कृति लघुकथा संग्रह ‘आँशु कुञ्ज’ किताब बिक्रीबाट संकलित ५० हजार रुपैयाँ ‘आमा घर’ लाई सहयोग गरेकी हुन्। Asukunjaउनले जापानबाट पठाएको उक्त रकम युएई मगर संघका अध्यक्ष नुनप्रसाद सोमैमगर, नेपाल मगर संघका उपाध्यक्ष श्याममाया पुनमगर र नेपाल मगर विद्यार्थी संघका अध्यक्ष रेणुका काउछामगरले हालै काठमाडौंको सोल्टी मोडमा रहेको ‘आमा घर’ मा पुगेर रकम हस्तान्तरण गरेका हुन।

साहित्यकार उदासीले पठाएको रकम बुझ्दै ‘आमा घर’ संचालन गर्दै आएकी दिलशोभा श्रेष्ठले विदेशमै रहेर पनि अरुमार्फत सहयोग पठाएकोमा खुसी व्यक्त गरिन्। ‘सहयोग पठाउने बहिनी उदासीलाई मैले नदेखे पनि उहाँको सँधै प्रगतिहोस्’ दिलशोभाले भनिन् ‘आफू नआए पनि सहयोग गर्नु भएकोमा धन्यवाद दिन्छु।’
म्याग्दी घर भएकी साहित्यकार उदासीले केही महिना अघि मात्रै पहिलो कृतिको रुपमा ’आँशु कुञ्ज’ किताब प्रकाशन गरेकी थिइन्। उनी लेख, कविता, कथा, लघुकथा जस्ता बिधामा कलम चलाउँछिन् । लेखिका उदासी नारी कुञ्ज जापानकी अध्यक्ष पनि हुन ।  ***
Asu

तपाईको प्रतिक्रिया