Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा वार्ता गर्न गरेको प्रस्ताव अस्वीकार गरेका छन्। उनले आफ्नो देश निरन्तर मिसाइल आक्रमण र युद्धको चपेटामा भएको कारण “आतङ्ककारीको राजधानी” मा जान नसक्ने बताए। जेलेन्स्कीले पुटिनलाई भने किएभ आउन सक्ने सन्देश दिएका छन्।

‘म आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन प्रत्येक दिन मिसाइल आक्रमण र गोलीबारीको सिकार भइरहेको छ’, अमेरिकी मिडियासँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, ‘पुटिन किएभ आउन सक्नुहुन्छ ।’ रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सक्रिय भएर मध्यस्थता गरिरहेका छन्। उनले दुवै नेताबीच प्रत्यक्ष भेटवार्ता गराउनुपर्नेमा जोड दिएका छन्। गत महिना अलास्कामा पुटिनसँग भएको शिखर सम्मेलनपछि ट्रम्पले मुख्य लक्ष्य जेलेन्स्कीलाई समेत वार्तामा ल्याउने रहेको बताएका थिए। त्यसपछि उनले वासिङ्टनमा जेलेन्स्की र युरोपेली नेताहरूसँग पनि छलफल गरेका थिए।

युद्धबीचको यो कूटनीतिक प्रयाससँगै आजै रुसले पहिलोपटक युक्रेनको मुख्य सरकारी भवनमा आक्रमण गरेको समाचार आएको छ। यस घटनाले वार्ताको वातावरण अझ जटिल बनाएको विश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया