Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

हिजो बसेको सचिवालय बैठकले कार्यतालिका स्वीकृत गरेको थियो। सोअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गरिनेछ। अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन्।

यसैगरी, स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गरेको असहमति दस्तावेज पनि महाधिवेशनमा राखिने उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन्। त्यस्तै, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद् अध्यक्षहरूले पनि आफ्ना प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।

महाधिवेशनको दोस्रो दिन विभिन्न १० समूहमा प्रतिवेदनमाथि छलफल हुनेछ। तेस्रो दिन समूहगत सुझावहरू प्रस्तुत गरी जवाफ दिने कार्यक्रम राखिएको छ। त्यसै दिन केन्द्रीय निर्वाचन सम्पन्न गरी समसामयिक प्रस्तावसहित महाधिवेशन समापन गरिनेछ।

महाधिवेशनमा देशभरबाट आएका २ हजार २६ प्रतिनिधि र ३१५ आयोजक गरी कुल २ हजार ३४१ जना सहभागी हुने जनाइएको छ।

 
 

तपाईको प्रतिक्रिया