Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा प्रस्थान गरेपछि उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

राष्ट्रपति कार्यालयले जानकारी दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक तोकेको जनाएको छ। यसअघि पनि प्रधानमन्त्री ओलीले विदेश भ्रमणका क्रममा सिंहलाई नै कार्यवाहक बनाउँदै आएका छन्।

प्रधानमन्त्री ओली चीनको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन गएका हुन्। उनी आगामी भदौ १८ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया