Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको नयाँ कर नीतिका कारण भारतीय उद्योगहरू प्रभावित हुन थालेका छन्। वासिङटनले भारतले रुसी तेल खरिद गरेको भन्दै भारतीय सामानमा २५ प्रतिशत भन्सार थपेपछि कुल कर दर ५० प्रतिशत पुगेको छ, जुन विश्वमै उच्च दरमध्ये एक हो।

यो नीतिले भारतका कपडा, रत्न तथा समुद्री खाद्य उद्योगमा ठूलो असर पारेको छ। लाखौँ रोजगारी जोखिममा परेका छन्। विशेषगरी तिरुपुर, नोएडा र सुरतका कारखानाले प्रतिस्पर्धी क्षमता गुमाउँदै उत्पादन रोक्न थालेका छन्। समुद्री खाद्य निर्यातमा अमेरिकाको ४० प्रतिशत हिस्सा रहेकाले कर वृद्धि आपूर्ति शृंखला अवरुद्ध हुने र किसानलाई संकट पर्ने चिन्ता बढेको छ।

भारतीय निर्यात संगठन संघ (एफआईईओ) का अध्यक्ष सुभाष चन्द्र राल्हानका अनुसार कर समस्याले भारतको ३०–३५ प्रतिशत निर्यात घाटा हुनसक्छ। यसले भारतीय सामानलाई चीन, भियतनाम र अन्य दक्षिणपूर्वी देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन बनाएको छ। उनले उद्योगलाई सस्तो कर्जा, ऋण स्थगन र द्रुत व्यापार सम्झौता आवश्यक भएको भन्दै वासिङटनसँग तत्काल कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन्।

यसबीच, नोएडाका साना उद्योगीदेखि सुरतका हिरा कारखानासम्म कामदारहरू प्रभावित भएका छन्। कतिपयलाई क्षतिपूर्ति दिएर घर पठाइएको छ भने कतिले रोजगारी गुमाउने जोखिम भोगिरहेका छन्। उद्योग बन्द भएसँगै कामदारहरूको भविष्य अनिश्चित बनेको छ।

तपाईको प्रतिक्रिया