Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – रौतहटको सुटकेस हत्या प्रकरणमा संलग्न भएको आरोप लागेका लक्ष्मण पासवानको मृत्यु भएको छ । आत्मदाह प्रयासबाट गम्भीर रूपमा घाइते बनेका उनी उपचारका क्रममा बुधबार निधन भएका हुन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार पासवानलाई जलेको अवस्थामा रौतहटको माधवनारायण नगरपालिका–६ को नहर नजिकै फेला पारिएको थियो। तत्पश्चात उनलाई तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा प्राण जोगाउन सकिएन।

गत शनिबार गौर बजार जान भन्दै डेराबाट निस्किएकी रुबी साहको शव सुटकेसभित्र बन्द अवस्थामा फेला परेको थियो। सो घटनामा संलग्न रहेको आशंकामा पासवानको नाम सार्वजनिक भएको थियो। घटनापछि भाग्दै गर्दा उनले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको प्रहरीको भनाइ छ।

यसरी घटनाको मुख्य आरोपितकै मृत्यु भएपछि रौतहट सुटकेस हत्या प्रकरणले नयाँ मोड लिएको छ । अब प्रहरीले अन्य संभावित संलग्नता, पृष्ठभूमि र घटनाको सम्पूर्ण यथार्थ उदाङ्गो पार्ने प्रयासलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया