समाचार सुन्नुहोस :
काठमाडौँ – बुधबार सेयर बजार उच्च अंकले उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०१ अंकले बढ्दै २८१९ मा पुगेको हो।
कारोबार सुरु हुँदा सूचक घटेर बिहान सवा ११ बजेतिर २७६८ मा झरेको थियो। तर त्यसपछि बजारमा निरन्तर वृद्धि भई दिनको अन्त्यसम्म उच्च अंक कायम रह्यो। बजार बढेसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन ४ अर्ब १८ करोडको मात्रै कारोबार भएकोमा बुधबार ७ अर्ब ६८ करोड पुगेको छ।
सो दिन २३२ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको घटेको छ। सबै समूहका सूचक हरियालीमा रहँदा विकास बैंकको सूचक सबैभन्दा धेरै ३.४० प्रतिशतले बढेको छ।








