Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधि सभा अन्तर्गतको महत्वपूर्ण राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा सर्वसम्मत भएकी छन् । समितिका पूर्व सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा मंगलबार भएको उम्मेदवारी दर्तामा न्यौपानेको मात्र एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएकी हुन् ।

यद्यपि, यसको औपचारिक घोषणा बुधबार बस्ने समितिको बैठकबाट गरिनेछ । मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको उम्मेदवारी दर्ताको समयसीमाभित्र न्यौपानेको मात्र उम्मेदवारी परेको संघीय संसद् सचिवालयका सचिव हर्कराज राईले जानकारी दिए । उनको उम्मेदवारीमा पूर्व सभापति रामहरि खतिवडा नै प्रस्तावक बसेका थिए भने नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन गरेका थिए । 

यसअघि, निजामती सेवासम्बन्धी विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’को प्रावधानमा भएको त्रुटिको विषयलाई लिएर विवाद उत्पन्न भएपछि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले गत साउनमा पदबाट राजीनामा दिएका थिए । सोही रिक्त पदमा नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेलाई अघि सार्ने निर्णय गरेको थियो । पार्टीको निर्णयअनुसार न्यौपानेले मंगलबार नै सभामुखसमक्ष संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिएकी थिइन् र लगत्तै राज्य व्यवस्था समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

न्यौपानेको सर्वसम्मत चयनलाई बुधबार दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकले औपचारिक रूपमा घोषणा गर्ने कार्यसूची रहेको छ । यो सँगै प्रतिनिधि सभाका महत्वपूर्ण समितिहरूमध्येको एक राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्व न्यौपानेले सम्हाल्ने निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया