समाचार सुन्नुहोस :
काठमाडौँ – इजरायलमा हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
इजरायलबाट फर्किएपछि उनीहरूले शनिबार प्रधानमन्त्रीलाई भेट गरेका हुन्। भेटका तस्बिर प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै विपिनको रिहाइका लागि सरकारले अहोरात्र प्रयास गरिरहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो । विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो । विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन,’








