Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पाकिस्तानको सर्वोच्च अदालतले तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई आठ मुद्दामा जमानत दिएको छ। तर बीबीसी उर्दूका अनुसार यी मुद्दामा जमानत पाएको भए पनि इमरान खान जेलमुक्त हुने छैनन्। उनलाई अल कादिर ट्रस्टसम्बन्धी मुद्दामा १४ वर्ष कैद सजाय सुनाइएकाले उनी अझै जेलमै रहनुपर्ने छ।

सुनुवाइको क्रममा प्रधानन्यायाधीशले अदालतले मुख्य मुद्दा होइन, जमानतसम्बन्धी विषय मात्र विचार गर्ने बताए। अदालतले खानका वकिल सलमान सफदरलाई आफ्नो तर्क प्रस्तुत गर्न आदेश दिएको थियो।

वकिल सफदरले आठमध्ये पाँच मुद्दामा इमरान खानको नाम नै नसमेटिएको दाबी गरे। साथै उनले खानलाई जमानत पाउने अधिकार भए पनि दुई वर्षदेखि यस अधिकारबाट वञ्चित गरिएको आरोप लगाए। सबै पक्षको तर्क सुनेपछि अदालतले आठ मुद्दामा इमरान खानको जमानत निवेदन स्वीकार गरेको हो।

तपाईको प्रतिक्रिया