Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – मंगलबार राति पश्चिमी जापानको आकाशमा एक रहस्यमयी वस्तु खस्दै गर्दा क्षणभरका लागि उज्यालो छाएको घटनाले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ । प्रत्यक्षदर्शीहरूले यस अनौठो दृश्यका तस्बिर र भिडियोहरू अनलाइनमा सेयर गरेका छन् ।

क्योदो न्युजले कागोशिमा प्रिफेक्चरस्थित साकुराजिमा ज्वालामुखीको प्रत्यक्ष प्रसारण गरिरहेका बेला राति करिब ११:०८ बजे यो घटना क्यामेरामा कैद भएको थियो । जापानको मौसम एजेन्सीको कागोशिमास्थित मौसम विज्ञान कार्यालयका एक अधिकारीले यो “आगोको गोला वा उल्कापिण्ड” हुन सक्ने बताएका छन् ।

करिब चार सेकेन्डसम्म चलेको उक्त घटनामा, प्रकाशको एउटा सानो डल्लो रातको आकाशबाट खस्यो र केही बेरका लागि आकाशलाई दिनको जस्तै उज्यालो बनाएको थियो । यो दृश्य किंकी, क्युसु र शिकोकु क्षेत्रका विभिन्न प्रिफेक्चरहरूबाट देखिएको थियो ।

तोकुशिमा प्रिफेक्चरमा रहेको आनन विज्ञान केन्द्रका क्युरेटर (संग्राहलय संरक्षक) काजुयोशी इमामुराले आफ्नो घरबाटै यो घटनाको भिडियो खिच्न सफल भए । उनले भने, ‘यति तीव्र प्रकाश उत्पन्न गर्ने वस्तु देखिनु सायद वर्षमा एक पटक मात्र पाइने अवसर हो ।’

स्थानीय नगरपालिकाहरू र प्रहरीले यस घटनासँग सम्बन्धित कुनै पनि मानवीय क्षतिको खबर नआएको जनाएका छन् । विशेषज्ञहरूले यसलाई ‘आगोको गोला’ (fireball) को रूपमा पहिचान गरेका छन्, जुन विशेष गरी चम्किलो प्रकारको उल्का हो । यस्तो घटना तब हुन्छ जब धुलोका कण वा क्षुद्रग्रहका टुक्राहरू वायुमण्डलमा प्रवेश गर्दा जल्छन् ।

तपाईको प्रतिक्रिया