Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रस्ताव अघि बढाउने तयारी गरेका छन्। यसका लागि दुवै दलले सांसदहरूको हस्ताक्षर संकलन गर्न सिंहदरबारस्थित आफ्ना संसदीय दल कार्यालयमा सांसदलाई बोलाएका छन्।

कांग्रेसको पदाधिकारी बैठक जारी छ। बैठकपछि सांसदहरू सिंहदरबारस्थित दलको कार्यालयमा उपस्थित हुन थालेका छन्। त्यस्तै एमालेले पनि सांसदहरूलाई हस्ताक्षरका लागि बोलाएको छ। एक सांसदका अनुसार दिउँसो २ बजेसम्म हस्ताक्षर गर्नेगरी सूचना गरिएको छ।

कांग्रेस र एमालेका शीर्ष नेताहरू सोमबार साँझ बालुवाटारमा भेट भएका थिए। उक्त छलफलमा महान्यायाधिवक्ता रमेश बडालसहितका नेताहरू सहभागी थिए। बैठकमा सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्च अदालतको निर्णय मात्र नभई उपसभामुख हटाउने विषयमा पनि चर्चा भएको थियो। यही छलफलपछि मंगलबारदेखि नै उक्त प्रक्रिया अघि बढाइएको हो।

उपसभामुख रानामाथि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याड प्रयोग गरी भिसा सिफारिस गरेको आरोप छ। यसअघि पनि उनलाई हटाउने तयारी भएपनि विरोधका कारण प्रक्रिया रोकिएको थियो। हाल उपसभामुख राना निजी भ्रमणका क्रममा अमेरिकामा छन्। सचिवालयका अनुसार उनी साउन ३० गते अमेरिका गएकी हुन् र भदौ १३ गते फर्किने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया