Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – शेयर बजारमा आज सोमबार सुधार देखिएको छ। बजार बढेपनि कारोबार रकम घटेर करिब ६ अर्बमा सीमित भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.१६ अंक (०.३३ प्रतिशत) बढेर २,७७२.९८ विन्दुमा पुगेको छ। समग्र बजार हरियाली भए पनि म्युचुअल फण्ड र अन्य समूह क्रमशः ०.४८ र ०.६५ प्रतिशतले घटेका छन्। बाँकी सबै उपसूचक भने बढेका छन्।

आज ३२० कम्पनीका १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा धेरै नाफा यूनियन हाइड्रोका लगानीकर्ताले पाए, जसको शेयर मूल्य ६.१० प्रतिशतले बढ्यो। विपरीत, सम्पदा लघुवित्तको शेयर ४.८१ प्रतिशतले घट्दा लगानीकर्ताले घाटा बेहोर्नुपर्‍यो।

नेपाल पुनर्बीमा कम्पनी आज पनि कारोबारमा अग्रस्थानमा रह्यो। यस कम्पनीको करिब २१ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिजो आइतबार भने बजार २७.१४ अंकले घटेको थियो र कारोबार रकम ७ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रहेको थियो।

तपाईको प्रतिक्रिया