Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। भेट राष्ट्रपति भवन शीतल निवासमा भएको हो।

सो अवसरमा राष्ट्रपति पौडेलले भारतसँगको निकट मित्रता र सहकार्यलाई उच्च प्राथमिकतामा रहेको बताए। उनले भारतको सामाजिक–आर्थिक तथा प्राविधिक क्षेत्रमा भइरहेको प्रगतिबाट नेपाल पनि लाभान्वित भएको र अझ बढी लाभ लिन चाहेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले नेपाल–भारतबीच शताब्दीयौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक र आर्थिक सम्बन्ध रहँदै आएको स्मरण गर्दै यी सम्बन्धहरू आपसी विश्वास, सम्मान र सहयोगमा आधारित रहेको बताए। साथै उनले भारतले अघि सारेको ‘छिमेक पहिलो नीति’को नेपालले प्रशंसा गर्ने पनि बताए।

सो भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको नीति अनुसार नेपाल भारतको प्राथमिकतामा रहने स्पष्ट पारे। उनले आफ्नो भ्रमणमार्फत आधुनिक युगमा दुई देशबीच विकास र कनेक्टिभिटी बढाउने विषयमा छलफल गर्ने अवसर मिल्ने र यसले दुवै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया