समाचार सुन्नुहोस :
काठमाडौँ – भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
भ्रमणको क्रममा मिश्रीले सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्ने र त्यसपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ।








