Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को सातौँ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि गौतमलाई वरियतामा राखिएको हो।

पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराएका छन्। राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा प्रवेश गरेका नेताहरूलाई पनि जिम्मेवारी दिइएको उनले बताए।

बैठकले डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिएको छ। त्यस्तै, केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमद शेर बागवानलाई चयन गरिएको छ।

तपाईको प्रतिक्रिया