Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – रुपन्देही कारागारमा थुनामा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको कोठामा रहेको झ्यालको प्लाइउड हटाएर जाली राखिएको छ । कारागार प्रशासनले लामिछानेको सुरक्षालाई मध्यनजर गर्दै उक्त परिवर्तन गरिएको जनाएको छ ।

चार महिनादेखि सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनामा रहेका लामिछानेलाई कारागारले प्रारम्भदेखि नै छुट्टै बन्दीगृहको एक्लो कोठामा राखेको छ । उक्त कोठामा छुट्टै शौचालयको सुविधा रहेको र लामिछानेलाई टेलिफोन तथा आफन्तसँग भेटघाटको सुविधा निरन्तर उपलब्ध गराइएको पनि कारागारले जनाएको छ ।

तपाईको प्रतिक्रिया