समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउने कामलाई तीव्र बनाएको छ।
यसै क्रममा आज कालीमाटी र कुलेश्वर हुँदै बग्ने मनमती खोलामाथि स्वीकृति बिना बनेका संरचनामा डोजर चलाइएको छ। स्वीकृति नलिइएका पक्की पुलहरूमा समेत महानगरले डोजर र ब्रेकर प्रयोग गरी भत्काउने कार्य गरेको छ।








