Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानमा बढ्दो ठगीका घटनाहरूलाई लक्षित गर्दै कानागावा प्रान्तको प्रहरीले एक नौलो कदम चालेको छ । प्रहरी बलले एकजना प्रहरी अधिकृतद्वारा लिखित लघु कथाहरू अनलाइनमार्फत प्रकाशन गरी सर्वसाधारणलाई ठगीमा प्रयोग हुने तरिका र पीडितले भोग्नुपरेको यथार्थबारे जानकारी गराइरहेको छ ।

‘अफिसर के’ज फ्रड फाइल्स’ नाम दिइएको यो अनलाइन शृङ्खलामा एक सेवानिवृत्त पुरुषको कथा समावेश छ, जो एक म्याचिङ एपमार्फत लगानी ठगीको शिकार बन्छन् । अन्त्यमा, उनले आफ्नो जीवनभरको कमाइ गुमाउनुका साथै परिवारबाट पनि टाढिन पुग्छन् ।

यो पहल जापानमा ‘विशेष ठगी’ भनेर चिनिने अपराधका घटनाहरूमा भएको वृद्धिको पृष्ठभूमिमा आएको हो । राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार, सन् २०२४ मा प्रहरी अनुसन्धानकर्ता वा आफन्तको भेषमा ठगहरूले करिब २१,००० घटनाहरूमा कीर्तिमानी ७१.८ अर्ब येन (४८५ मिलियन अमेरिकी डलर) बराबरको रकम चोरेका थिए । कानागावा प्रान्तमा मात्रै प्रहरीले पर्चा बाँड्ने र अपराध रोकथामबारे प्रवचन दिने जस्ता प्रयास गर्दागर्दै पनि ६.६ अर्ब येन ठगी भएको थियो ।

यसैलाई मध्यनजर गर्दै, प्रान्तीय प्रहरीले गत जुन महिनामा पहिलो कथा सार्वजनिक गरेको थियो । अपराध रोकथाम टोलीका अधिकारीहरूले ठगीका तरिकाहरू देखाउन यो दृष्टिकोण बढी प्रभावकारी हुने आशा राखेका छन् ।

कलम समात्ने प्रहरी
कथा लेखनको जिम्मा ‘के’ उपनाम दिइएका ३९ वर्षीय प्रहरी अधिकृतलाई दिइएको छ । उनी एक उत्साही पाठक भए तापनि व्यावसायिक लेखनको कुनै अनुभव भने छैन । ती अधिकृतले एक घटना सम्झँदै भने, ‘एक वृद्ध महिलाले करोडौं येन ठगिएपछि आफ्नै परिवारबाट दोषी ठहरिँदा बारम्बार माफी मागिरहेको मैले देखेको थिएँ ।’ यस्तै घटनाहरूले उनलाई लेख्न प्रेरित गर्‍यो ।

जुलाईको अन्त्यमा सार्वजनिक गरिएको दोस्रो कथामा एक विश्वविद्यालयको विद्यार्थीको चित्रण गरिएको छ, जसले ‘डार्क पार्ट-टाइम वर्क’ (अवैध वा जोखिमपूर्ण आंशिक-समयको काम) को जालमा फसेर गम्भीर अपराधहरूमा मतियार बन्न पुग्छ र अन्ततः प्रहरीसमक्ष आत्मसमर्पण गर्छ । ‘ठगहरू आफ्ना तरिकाहरूमा धेरै चलाख हुन्छन्,’ अधिकृत ‘के’ ले भने, ‘मानिसहरूले सोच्न सक्छन्, उनीहरू कसरी फसे होलान् ? तर म चाहन्छु कि मानिसहरूले यी कथाहरूलाई आफूलाई पनि पर्न सक्छ भन्ने सोचेर पढून् ।’

तपाईको प्रतिक्रिया