Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानमा रहेका म्याग्देलीहरूको साझा संस्था, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको नेतृत्वमा गणेशप्रसाद श्रेष्ठ चयन भएका छन् । शिन्जुकुस्थित ओकुबो सामुदायिक केन्द्रमा सम्पन्न ९औँ महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिले प्रवासी म्याग्देलीहरूबीच एकतालाई थप मजबुत बनाउँदै मातृभूमिको सेवामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टिका बहादुर छन्त्याल, उपाध्यक्षहरूमा प्रकाश तुलाचन, महेन्द्र चोखाल, सागर कार्की, हिरा बुढाथोकी, पवित्रा पुन, धनमायाँ पूर्जा, र रेखा केसी रहेका छन् ।त्यसैगरी, क्षेत्रीय उपाध्यक्षको जिम्मेवारी उज्ज्वल बानियाँले पाएका छन् । संस्थाको महासचिवमा सुरेश पुन र सचिवमा गणेश बानियाँ चयन भएका छन् । आर्थिक विभागको जिम्मेवारी सम्हाल्दै कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की र सह-कोषाध्यक्षमा दिपक सुबेदी निर्वाचित भएका छन् ।

उपाध्यक्ष हिरा बुढाथोकीका अनुसार, क्षेत्रीय सचिवमा सुरेन्द्र सुनार, महिला संयोजकमा उषा हमाल, सांस्कृतिक संयोजकमा अविसारा पूर्जा, र युवा संयोजकमा गणेश छन्त्याललाई चयन गरिएको छ । महाधिवेशनले कार्यसमितिलाई पूर्णता दिँदै सदस्यहरूमा विवेक खड्का, गणेश गिरी, प्रविण केसी, ईश्वर सुबेदी, नवराज भण्डारी, नविन खत्री, सम्झना खड्का, गोकुल कार्की, सिजन शाही, भगवती क्षत्री, राजेन्द्र छन्त्याल र विनोद रेग्मीलाई चयन गरेको छ ।महाधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि मोना अन्तर्राष्ट्रियका अध्यक्ष ददीवल खड्काले विश्वभर छरिएर रहेका सम्पूर्ण म्याग्देलीहरूलाई मोनाको सञ्जालमा जोडिन आह्वान गरे । उनले भने, ‘मोनाको सञ्जाल विस्तारसँगै हामीले आफ्नो जन्मभूमिमा निरन्तर योगदान पुर्‍याइरहेका छौँ । मोना आज विश्वभरका म्याग्देलीको साझा पहिचान बनेको छ ।’

कार्यक्रममा निवर्तमान अध्यक्ष विशाल केसीले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनको कार्यकालमा मोना फेस्टिबल, आर्थिक तथा उपचार सहयोगजस्ता महत्वपूर्ण सामाजिक कार्यहरू सम्पन्न भएका थिए ।नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा पुराना सफल कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायको हितमा नयाँ योजनाहरू अघि सार्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘सबैको साथ र सल्लाहलाई आत्मसात् गर्दै मोना जापानलाई अझ उचाइमा पुर्‍याउनेछु ।’

निर्वाचन समितिका संयोजक दिपक कार्की, उपसंयोजक राम खड्का र प्रेम पुनले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष केसीले, सञ्चालन निवर्तमान महासचिव सागर कार्कीले र स्वागत मन्तव्य नवनिर्वाचित अध्यक्ष श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया