Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – यो वर्ष जनवरीमा डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपति भएपछि विश्वव्यापी व्यापारको मुख्य विषय बनेको छ— ट्यारिफ नीति। अप्रिलमा उनले संसारभरिबाट अमेरिकाले आयात गर्ने वस्तुहरूमा ठूलो मात्रामा ट्यारिफ घोषणा गरे, जसलाई उनले ‘लिबरेसन डे’ नाम दिए। ट्रम्पको दाबी अनुसार यसले अमेरिकालाई फेरि धनी बनाउन सहयोग गर्नेछ।

अगस्टमा उनले भारतमाथि थप कडा कदम चाले। रुसबाट तेल खरिद गरेको आरोपमा, पहिले नै तोकिएको २५ प्रतिशत ट्यारिफमा थप २५ प्रतिशत थपेर भारतीय वस्तुमा कुल ५० प्रतिशत ट्यारिफ घोषणा गरियो। यो दर एसिया क्षेत्रमा सबैभन्दा उच्च हो र २७ अगस्टदेखि लागू हुनेछ।

भारत, जससँग नेपालको कुल व्यापारको झन्डै दुईतिहाइ हिस्सा रहेको छ, माथि अमेरिकी ट्यारिफ बढेपछि यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर नेपालमा पर्न सक्ने आकलन गरिएको छ।

वाणिज्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरूका अनुसार, यो परिस्थितिमा नेपाललाई फाइदा र नोक्सान दुवै सम्भावना छ। फाइदा लिन र जोखिम न्यून पार्न नेपालको नीति तथा रणनीति निर्णायक हुने उनीहरूको भनाइ छ। विशेषगरी वैकल्पिक बजार खोज्ने, निर्यातको अवसर बढाउने र आयातको स्रोत विविधिकरण गर्नेतर्फ नेपाल सजग हुनुपर्ने सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया