Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – हिन्दुहरूको आस्थाको केन्द्र पशुपति आर्यघाटमा एक अमानवीय र सनसनीपूर्ण घटना घटेको छ । २५ वर्षदेखि शव जलाउँदै आएका एक व्यक्तिले जलाउँदै गरेको शवबाट हड्डी चोरेर बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेका गणेश ढकाल र उनका सहयोगी उदयपुरका विनायक मैनाली रहेका छन् । उनीहरूले शुक्रवार साँझ काभ्रे, बनेपाका राम शाहीको शव जलाउने क्रममा हड्डी निकालेर ५ सय रुपैयाँमा बेचेको आरोप छ । मृतकका आफन्तले हड्डी निकालेर बट्टामा हाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी अनुसन्धानका क्रममा ढकालले दिएको बयानअनुसार, कोट-पाइन्ट लगाएका एक अपरिचित व्यक्तिले ‘भगवानलाई चढाउन’ भन्दै हड्डी मागेका थिए । सो बापत ती व्यक्तिले ढकाललाई ४ सय र उनका सहयोगी मैनालीलाई १ सय रुपैयाँ दिएका थिए । ढकालले आफूले पहिलो पटक यस्तो काम गरेको दाबी गरेका छन् ।

एउटा शव जलाएबापत पशुपति विकास कोषबाट १५ सय रुपैयाँ लिने ढकालले सानो रकमको लोभमा यस्तो अमानवीय कृत्य गरेका हुन् । घटनाबारे प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको छ । 

तपाईको प्रतिक्रिया