समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज शीतल निवासमा भेटवार्ता भएको छ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार, प्रधानमन्त्री ओलीले हालै तुर्कमेनिस्तानमा सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनबारे जानकारी गराएका छन्।
प्रधानमन्त्री ओली साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८, २०२५) आयोजित उक्त सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका थिए। भेटमा अन्य समसामयिक विषयहरूबारे पनि छलफल भएको सचिवालयले जनाएको छ।








