Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपालमा राजनीतिक संवादमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बराबरी गर्ने कोही नभएको दाबी गरेका छन्।

शुक्रबार माओवादी केन्द्रले सार्वजनिक गरेको भिडियो अन्तरवार्तामा उनले बुधबार कांग्रेस र एमालेबाहेकका सबै दललाई बोलाएर भएको बैठकले पनि यो कुरा पुष्टि भएको बताए।

उनका अनुसार, प्रचण्डले विपक्षी मात्र नभई सरकारमा रहेका दललाई समेत समेटेर निर्वाचन आयोगको पार्टी मूल्याङ्कनदेखि हालका आवश्यक विषयसम्म सबै कुरामा छलफल गरेका छन्। सापकोटाले भने, “यो कुराले संवादमा प्रचण्डको जोडी अर्को छैन भन्ने कुरा प्रष्ट हुन्छ। हाम्रो आन्दोलन केवल तत्कालीन विषयमा मात्र सीमित हुँदैन, दीर्घकालीन रणनीतिसँग पनि जोडिनुपर्छ।”

सापकोटाले सातै प्रदेशको सदनलाई प्रभावकारी बनाउन सङ्घीय संसद्ले नेतृत्व गर्ने बताए। साथै, समाजवादी क्रान्तिको आधार बनाउन सडक दबाबलाई अझ प्रभावकारी बनाउने पक्षमा आफूहरू रहेको बताए।

तपाईको प्रतिक्रिया