Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – अमेरिकी आणविक बम हमलाको ८०औं वार्षिकीको अवसरमा हिरोसिमाले विश्वलाई आणविक हतियारमुक्त बनाउने अभियानको नेतृत्व लिन युवा पुस्तालाई आह्वान गरेको छ । बम हमलाका साक्षी र पीडितहरू (हिबाकुशा) को उमेर ढल्किँदै जाँदा र विश्वमा पुनः आणविक द्वन्द्वको चिन्ता बढिरहेका बेला यो आग्रह गरिएको हो ।

बुधबार आयोजित वार्षिक स्मृति समारोहमा शान्ति घोषणापत्र वाचन गर्दै हिरोसिमाका मेयर काजुमी मात्सुइले भने, ‘भावी पुस्ताका नेता, हाम्रा युवाहरूले आणविक हतियारसम्बन्धी गलत नीतिहरूले पूर्णतया अमानवीय परिणाम ल्याउन सक्छ भन्ने कुरा बुझ्नुपर्छ ।’ उनले युवाहरूलाई यो बुझाइका साथ अघि बढ्न र नागरिक समाजलाई आणविक निःशस्त्रीकरणको पक्षमा एकजुट गराउन आग्रह गरे ।

समारोहमा बोल्दै प्रधानमन्त्री शिगेरु इशिबाले युद्धमा आणविक विनाशको त्रासदी भोग्ने एकमात्र देशको रूपमा आणविक हतियारमुक्त विश्व बनाउने विश्वव्यापी प्रयासलाई अगाडि बढाउनु जापानको मिशन भएको बताए ।

सन् १९४५ अगस्ट ६ को बिहान ८:१५ बजे अमेरिकी बमवर्षक विमान एनोला गेबाट युरेनियम बम खसालिएको थियो । सोही समयमा एक मिनेट मौन धारण गरिएको थियो । उक्त हमलामा सोही वर्षको अन्त्यसम्ममा करिब १ लाख ४० हजार मानिसको मृत्यु भएको अनुमान छ ।

यस वर्षको समारोहमा किर्तिमानी १२० राष्ट्र र युरोपेली संघका प्रतिनिधिहरूको उपस्थिति थियो, जसमा करिब ५५,००० मानिस सहभागी भए । गत वर्ष नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएको जापानको आणविक बम पीडितहरूको संगठन, निहोन हिदान्क्योको अभियानले यस समारोहलाई थप महत्त्व दिएको थियो ।

तर, बम हमलाका प्रत्यक्षदर्शीहरूको आवाज सुन्ने अवसरहरू घट्दै गएका छ न्। हिरोसिमा र नागासाकीका आधिकारिक रूपमा मान्यता प्राप्त पीडितहरूको संख्या पहिलो पटक १ लाखभन्दा तल झरेको छ र उनीहरूको औसत उमेर ८६ वर्ष नाघेको छ ।

मेयर मात्सुइले जापान सरकारलाई संयुक्त राष्ट्रसंघको आणविक हतियार प्रतिबन्ध सन्धिमा हस्ताक्षर गर्न पुनः आग्रह गरे, तर जापान अमेरिकी आणविक सुरक्षा छातामा निर्भर रहेकाले यस सन्धिमा सामेल भएको छैन ।

हिरोसिमामा ‘लिटल ब्वाई’ नामक बम खसालिएको तीन दिनपछि नागासाकीमा ‘फ्याट म्यान’ नामक दोस्रो बम खसाइएको थियो। त्यसको ६ दिनपछि जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्ध समाप्त भएको थियो ।

 
 

तपाईको प्रतिक्रिया