Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा इजरायलले कब्जा गर्ने सम्भावित योजनाबारे कुनै अवरोध नगर्ने संकेत दिएका छन्। मंगलबार पत्रकारहरूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्पूर्ण प्यालेस्टिनी भूभाग कब्जा गर्ने निर्णय गरेको भन्ने रिपोर्टबारे प्रश्न गर्दा ट्रम्पले आफ्नो ध्यान गाजाका मानिसलाई खाना उपलब्ध गराउनमा केन्द्रित रहेको बताए। ‘बाँकी विषयमा म केही भन्न सक्दिनँ। त्यो धेरै हदसम्म इजरायलमा निर्भर छ,’ उनले भने।

अमेरिकाले हरेक वर्ष इजरायललाई अर्बौं डलरको सैन्य सहायता उपलब्ध गराउँदै आएको छ। अक्टोबर २०२३ मा गाजामा युद्ध सुरु भएयता यो सहायता झन् बढाइएको छ। इजरायलले जबरजस्ती विस्थापनको आदेशमार्फत धेरै प्यालेस्टिनीलाई गाजाको साँघुरो क्षेत्रमा सीमित पारेको छ। यस क्रममा ८६ प्रतिशत भूभागलाई सैन्य क्षेत्र बनाइएको छ।

यदि बाँकी क्षेत्रमा थप सैन्य कारबाही भयो भने, दैनिक बमबारी र खाद्य नाकाबन्दी झेलिरहेका प्यालेस्टिनीहरूको जीवन अझ संकटमा पर्ने चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया