समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै खनालले पार्टीले स्पष्ट दिशा दिनुको सट्टा अन्योल र विघटनतर्फ लैजान खोजेको आरोप लगाए। उनले अध्यक्ष नेपालप्रति इङ्गित गर्दै, “यदि यो पार्टी कसैलाई चाहिँदैन भने, आफैं बाटो लाग्न सक्छ,” भने। खनालले आफ्नो राजीनामा मागिएको मात्र कारणले पद छोड्ने मनसाय नरहेको स्पष्ट पारे। उनले पार्टी छोड्ने कुरा आफूले कहिल्यै सोचेकै नभएको बताए।
उनका अनुसार, आफूले बोलेका वा लेखेका कुरा विवादास्पद लागेमा पार्टी बैठक बोलाएर छलफल गर्न सकिने चुनौती पनि दिएका छन्। खनालले वैज्ञानिक समाजवादको विचार अघि सारे पनि पार्टीले त्यसलाई सार्वजनिक नगरेको गुनासो राखे।








