Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एकपटक नयाँ विद्रोह आवश्यक भएको बताएका छन्। दोलखामा आयोजित ‘बोत्ले हत्याकाण्ड’ स्मृति सभामा सम्बोधन गर्दै उनले जनयुद्धदेखि अहिलेसम्मको यात्रामा फेरि नयाँ क्रान्तिको तयारी गरिरहेको बताए। उनका अनुसार, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न फेरि विद्रोह अपरिहार्य छ।

प्रचण्डले भने, “यो मेरो प्रतिबद्धता हो। तयारी सुरु भइसकेको छ। चाँडै हामी मध्यपहाडी यात्रामा निस्कन्छौं, शहीद परिवारका घरमा पुगेर उनीहरूको दुःखसुख बुझ्ने काम गरिरहेका छौं र हाम्रो वर्गसँग फेरि जोडिँदैछौं।” उनले आफू प्रधानमन्त्री हुँदा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय गरेको तर अदालतले रोक लगाएको पनि स्मरण गरे।

२०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस–१, बोत्लेमा सुरक्षाकर्मीको कारबाहीमा १५ जना माओवादी कार्यकर्ता मारिएका थिए। यस घटनालाई माओवादी केन्द्रले हरेक वर्ष ‘बोत्ले हत्याकाण्ड’का रूपमा सम्झना गर्दै आएको पूर्वमन्त्री विशाल खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया