Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन्।

गएराति महाराजगञ्जस्थित एक होटलमा आयोजित जन्मदिन पार्टीबाट प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो। तर, छानबिनपछि २८ जनालाई छाडेर बाँकी १९ जनालाई अभद्र व्यवहारको आरोपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशअनुसार ७ दिन हिरासतमा राख्ने निर्णय गरिएको हो।

काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार, हिरासतमा रहेका व्यक्तिहरूमा चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।

मध्यराति पार्टीको नाममा होहल्ला र अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले भने अन्य पक्राउ परेकामध्ये केही होटलका ग्राहक र घटनासँग सम्बन्ध नभएका व्यक्तिहरूलाई सोधपुछपछि छाडिएको जनाएको छ।

तपाईको प्रतिक्रिया