समाचार सुन्नुहोस :
काठमाडौँ – अब नयाँ सेयर कारोबार खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सार्वजनिक सूचना जारी गर्दै ब्रोकर कम्पनीहरूलाई नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर माग्न निर्देशन दिएको हो।
आफ्नै कारोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई पनि यसका लागि आवश्यक तयारी गर्न नेप्सेले आग्रह गरेको छ।








