Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतका चर्चित हास्य कलाकार कपिल शर्माले क्यानडाको सुरे शहरमा केही दिनअघि मात्र उद्घाटन गरेको ‘क्याप्स क्याफे’मा अन्धाधुन्ध गोली प्रहार भएको छ। क्याफे सुरे र डेल्टा सहरको सिमानामा रहेको आवासीय क्षेत्रमा पर्छ। बिहीबार राति १:५० बजे भएको घटनामा क्याफेको झ्यालका सिसा फुटेका छन् तर कसैलाई चोटपटक लागेको छैन। सुरे प्रहरीले यो आक्रमण व्यक्ति नभई व्यवसाय लक्षित रहेको बताएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुग्दा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको थियो। सामाजिक सञ्जालमा गोली चलिरहेको बताइएको एक अपुष्ट भिडियो पनि भाइरल भइरहेको छ। यस हमलाको जिम्मा ‘बब्बर खालसा इन्टरनेशनल’ नामक आतंकवादी समूहसँग जोडिएका दुई व्यक्तिले लिएको दाबी गरिएको छ। उनीहरूले कपिल शर्माको शोमा निहङ्ग समुदायबारे गरिएको टिप्पणीलाई लिएर आक्रोश व्यक्त गरेका छन्। तर यी दाबीहरूको आधिकारिक पुष्टि भएको छैन।

क्यानडामा हालै व्यवसायीहरूलाई लक्षित गरेर गोली प्रहार र फिरौती माग्ने घटनाहरू बढ्दै गएका छन्। त्यसै सन्दर्भमा यो घटनालाई पनि हेरेर अनुसन्धान अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया