Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ‘काँटा लगा’ गीतबाट चर्चित भारतीय अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। मिडिया रिपोर्टअनुसार, जुन २७ को राति उनलाई हृदयाघात भएको थियो, जसका कारण उनको ज्यान गएको हो। शेफालीलाई उनका श्रीमान् अभिनेता पराग त्यागी र अन्य तीन जनाले अचेत अवस्थामा मुम्बईको अन्धेरीस्थित बेलेभ्यू अस्पताल लगेका थिए। अस्पतालमा डाक्टरहरूले उनलाई मृत घोषणा गरे। अस्पताल स्रोतका अनुसार, शेफालीलाई मृत अवस्थामा नै ल्याइएको थियो। उनको शव पोस्टमार्टमका लागि कूपर अस्पताल पठाइएको छ।

मुम्बई प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। फोरेन्सिक टोलीले घरबाट प्रमाण सङ्कलन गरिरहेको छ। प्रहरी कार्यालयले घरमा काम गर्ने कामदार र भान्सेको पनि सोधपुछ गरिरहेको छ। साथै, उनका परिवारका सदस्यहरूको पनि बयान लिइँदैछ। शेफालीले १९ वर्षको उमेरमा ‘काँटा लगा’ म्युजिक भिडियोमार्फत करियर सुरु गरेकी थिइन्। सो भिडियोमा उनको बोल्ड प्रस्तुति र नृत्यले उनलाई एकाएक चर्चामा ल्याएको थियो। उनले ‘मुझसे शादी करोगी’, ‘हुडुगारू’ लगायत केही फिल्म तथा एल्बममा पनि अभिनय गरेकी थिइन्।

सन् २०१५ मा उनले पराग त्यागीसँग विवाह गरेकी थिइन्। यसअघि सन् २००४ मा मित ब्रदर्सका संगीतकार हरमीत सिंहसँग विवाह गरेर सन् २००९ मा सम्बन्धविच्छेद गरेकी थिइन्। शेफाली ‘नच बलिए’ र अन्य डान्स रियालिटी शोहरूमा समेत सहभागी भएकी थिइन्। सन् २०१९ मा उनले बिग बोस १३ मा वाइल्ड कार्डबाट प्रवेश गरेकी थिइन्। जहाँ उनी आफ्ना पूर्व प्रेमी सिद्धार्थ शुक्लासँग पनि देखिएकी थिइन्। सिद्धार्थको पनि सन् २०२१ मा हृदयाघातबाट निधन भएको थियो।

तपाईको प्रतिक्रिया