Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चलचित्र ‘फर्की फर्की’ मा प्रयोग गरिएको मोबाइल नम्बरका कारण झापाका एक व्यक्तिले अभिनेता अनमोल केसी र निर्माण टिमविरूद्ध अदालतमा उजुरी दर्ता गरेका छन्।

झापाका नरेन्द्रबहादुर श्रेष्ठले सोमबार काठमाडौँ जिल्ला अदालतमा वकिल योग्यता भण्डारीमार्फत मुद्दा हालेका हुन्।
चलचित्रको एक दृश्यमा प्रयोग गरिएको मोबाइल नम्बरका कारण आफूले मानसिक तनाव भोगेको भन्दै श्रेष्ठले योग्यता भण्डारीको वारेसमार्फत सोमबार अदालतमा मुद्दा दायर गरेका हुन् ।

अभिनेता केसीले चलचित्रको नायिकालाई दिएको मोबाइल आफ्नो भएको दाबी फिरादपत्रमा गरिएको छ। चलचित्र रिलिज भएपछि दिनहुँ अपरिचितबाट सयौँ फोन आउन थालेको र त्यसले आफूलाई मानसिक तनाव दिएको उनले बताएका छन्।

श्रेष्ठले यो विषयमा उचित क्षतिपूर्ति माग गर्दै सम्बन्धित पक्षलाई कानुनी कारबाही गर्न अदालतसँग माग गरेका छन्।

 

तपाईको प्रतिक्रिया