
टोकियो – बेलायत, फ्रान्स र क्यानडाले इस्राइललाई गाजामा अत्यन्तै दुराशयपूर्ण सैन्य कारबाही जारी राखे ठोस कदम चाल्ने चेतावनी दिएका छन् ।
बेलायती विपक्षी नेता सर कीर स्टारमरले फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको साथमा इजरायली सरकारले सैन्य कारबाही तुरुन्त रोकेर गाजामा मानवीय सहायता प्रवेश गर्न दिनु पर्ने माग राखेका छन् । यसको जवाफमा इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यी तीन नेताहरूले हमासलाई ठूलो पुरस्कार दिएको आरोप लगाएका छन् ।
मार्च २ देखि गाजामा कुनै खाना, इन्धन वा औषधि प्रवेश गर्न दिइएको छैन । यस अवस्थालाई संयुक्त राष्ट्रसंघले प्यालेस्टिनी जनतामाथि विनाशकारी असर पर्ने चेतावनी दिइसकेको छ । आइतबार नेतन्याहुले ११ हप्ताको नाकाबन्दीपछि थोरै मात्रामा खाना गाजामा प्रवेश गर्न दिने बताएका थिए सँगै उनले गाजाको सम्पूर्ण नियन्त्रण लिने घोषणा पनि गरे ।
बेलायत, फ्रान्स र क्यानडाले नेतन्याहुको यो प्रस्तावलाई पूर्णतः अपर्याप्त भन्दै आलोचना गरेका छन् । उनीहरूले भने जनतालाई आवश्यक सहयोग नदिनु स्वीकार्य हुदैन र यो अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन हो ।
तीन नेताहरूले गाजाका जनाताले भोगेको पीडालाई असह्य बताएका छन् । ‘संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले भने हाल गाजामा प्रवेश गरेका राहतका ट्रकहरू त्यहाँको आवश्यकता अनुसार समुद्रमा एक थोपा बराबर मात्र छन् ।
स्टारमर, म्याक्रों र कार्नीले हमासद्वारा गत वर्ष अक्टोबर ७ मा दक्षिण इजरायलमा भएको क्रूर आक्रमणमा अपहरण गरिएका बाँकी बन्धकहरू तत्काल रिहा गर्न पनि आग्रह गरेका छन् । ७ अक्टोबर २०२३ मा हमास नेतृत्वको आक्रमणमा झण्डै १,२०० इजरायली नागरिक मारिएका थिए र २५० भन्दा बढीलाई अपहरण गरिएको थियो । अहिले गाजामा ५८ जना बन्धक छन्, जसमध्ये २३ जना जीवित रहेको विश्वास गरिन्छ ।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इस्रायली आक्रमणमा ५३,००० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । बेलायत, फ्रान्स र क्यानडाले युद्धविराम र दुई-राष्ट्र समाधानको समर्थन दोहोर्याएका छन्, जसअनुसार स्वतन्त्र प्यालेस्टिनी राष्ट्र इजराइलसँग शान्तिपूर्वक सँगसँगै बस्ने प्रस्ताव छ ।
तर नेतन्याहुले यसलाई अस्वीकार गर्दै भने, जबसम्म हाम्रो सीमामा रहेका हमास आतङ्ककारीहरूलाई समाप्त गरिएको छैन, तबसम्म यो रक्षात्मक युद्ध अन्त्य गर्न आग्रह गर्नु र एक प्यालेस्टिनी राष्ट्रको माग गर्नु भनेको अक्टोबर ७ को संहारतुल्य आक्रमणलाई पुरस्कार दिनु हो । उनले युरोपेली नेताहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसरण गर्न पनि आह्वान गरेका छन् ।








